|
प्रवेश
प्रक्रिया
आवेदन फारम
इच्छुक उम्मेदवारले नियम पुस्तिकासँग संलग्न रहेको
छापिएको फारममा आवेदन दिन सक्छन् अथवा त्यसलाई
हाम्रो वेभ साइट www. ddl.eiiluniversity.ac.in
बाट डाउनलोड गर्न सक्नेछन् वा हाम्रो अनुमोदित
प्रवेश, शैक्षिक तथा प्लेसमेन्ट सहायता
केन्द्रहरूबाट रू ३०० नगद भुक्तानी गरेर वा
डायरेक्ट्रेड अफ डिस्टेस लर्निङ, ईआईआईएलएम
विश्वविद्यालय को नाममा दिल्लीमा पे डिमाण्ड
ड्राफ्ट द्वारा प्राप्त गर्न सक्नुहुन्छ । विधिवत्
रूपले भरिएको डाउनलोड फारम रू ३०० नगद वा शुल्कको
प्रथम किस्तासँग डिमाण्ड ड्राफ्टको रूपमा स्विकार
गरिने छ ।
• वर्षमा दुई पटक जनवरी तथा जुलाई सत्रमा प्रवेश
दिइन्छ ।
• आवेदन गर्नुभन्दा पहिला उम्मेदवारले ईआईआईएलएम
विश्वविद्यालयमा आफूलाई मन परेको पाठ्यक्रम उपलब्ध
रहेको तथा उक्त पाठ्यक्रमको लागि निर्धारित
योग्यताका शर्तहरू पुरा गरेकोबारे निश्चित गर्नु
पर्छ । (नविनतम नियम पुस्तिकाको साथै वेभ साइटमा
उपलब्ध छ )
• यदि योग्यता सम्बन्धी प्रमाण (अर्थात् अन्तिम
वर्षको अंक तालिकाहरू/ स्नातक डिग्री प्रमाणपत्रको
प्रमाणित प्रतिलिपि) आवेदन पत्रसँग संलग्न नभएमा
विश्वविद्यालयको विवेक अनुसार अस्थायी प्रवेश
दिइनेछ जसको पुष्टि सम्बन्धित कागजात पेश गरेपछि
गरिने छ ।
• छात्रहरूले निम्नलिखित दस्तावेज उपलब्ध गराउनु
पर्नेछ
• पासपोर्ट साइजको तस्विर ४ प्रति
• १० कक्षा, १२ कक्षा अनि स्नातकको प्रमाणपत्र तथा
अंक तालिकाहरूको राजपत्रांकित अधिकृत / नोटरी
पब्लीकद्वारा प्रमाणित प्रतिलिपि ।
• अपेक्षित योग्यता सम्बन्धी कागजातहरूको विधिवत्
रूपमा प्रमाणित प्रतिलिपि संलग्न राख्नु पर्छ ।
योग्यता सम्बन्धी कागजात बिना कुनै पनि फारम
स्विकार गरिने छैन ।
• अपेक्षित शुल्कसँग केवल विधिवत् रूपमा भरिएको
फारम मात्र विश्वविद्यालयद्वारा स्वीकृत गरिन्छ ।
• आवेदकले आफ्नो हस्तलिपिमा सबै दृष्टिले पूर्ण
रूपले विधिवत् रूपमा भरिएको आवेदन पत्र प्रस्तुत
गर्नु पर्नेछ । भरिएको फारम कालो वा नीलो मसीले
स्पष्ट रूपमा बुझ्न सकिने छ भन्ने कुरामाथि विशेष
ध्यान दिनु पर्छ । फारम भर्दाखेरि एउटा अक्षरमाथि
अर्को अक्षर लेखिएको हुनु हुँदैन । कुनैपनि स्थान
खाली छोड्नु हुँदैन ।
• अपेक्षित योग्यता सम्बन्धी कागजातको विधिवत्
रूपले प्रमाणित प्रतिलिपि संलग्न गर्नु पर्छ ।
योग्यता सम्बन्धी कागजात बिना कुनै पनि फारम
स्वीकार गरिने छैन ।
एक वर्ष कार्यक्रम - दुई वर्ष
दुई वर्ष कार्यक्रम - चार वर्ष
तीन वर्ष कार्यक्रम - पाँच वर्ष
चार वर्षिय छ वर्ष कार्यक्रम -
कार्यक्रम
शुल्क भुक्तानी
शुल्क नगद वा डायरेक्ट्रेड अफ डिस्टेस लर्निङ,
ईआईआईएलएम विश्वविद्यालयको नाममा दिल्लीमा पे
डिमाण्ड ड्राफ्टको रूपमा स्वीकार गरिने छ ।
शुल्कमा संशोधन गर्ने अधिकार ईआईआईएलएम
विश्वविद्यालयसँग सुरक्षित रहनेछ । यदि शुल्कमा
कुनै सशोधन भएमा त्यसको जानकारी शुल्क भुक्तान
गर्नु पर्ने अन्तिम मिति भन्दा पहिला नै सूचित
गरिने छ ।
क्रेडिट ट्रान्फर /
लेटरल प्रवेश
१. लेटर्स प्रवेशको अनुमति यसबारे विशेष उल्लेख
गरिएका कार्यक्रमहरूमा मात्र दिइने छ ।
२. अन्य विश्वविद्यालयबाट कार्यक्रम गरि रहेका
उम्मेदवारले विश्वविद्यालयको नियम अनुसार आगामी
वर्ष / सेमिस्टरबाट ईआईआईएलएम विश्वविद्यालयका
केन्द्रहरूबाट आफ्नो कार्यक्रमको बाँकी भाग जारी
राख्न सक्छन् । ईआईआईएलएम विश्वविद्यालयमा अध्ययनको
अवधि पाठ्यक्रमको कुल अवधिको ५० प्रतिशत भन्दा कम
हुने छैन । अन्य तवरले यस पाठ्यक्रमको लागि योग्य
रहेको र यस प्रावधान अन्तर्गत अन्य
विश्वविद्यालयबाट ट्रान्सफर लिन इच्छुक उम्मेदवारले
सामान्य आवेदन फारम भरेर ड्राफ्ट खरिद गर्दाखेरि
ट्रान्फर शुल्क रू १००० र प्रोस्पेक्टसमा उल्लेख
गरिएको अन्य शुल्क समेत संलग्न राख्नु पर्नेछ ।
उम्मेदवारहरूलाई रू २००० को क्रेडिट ट्रान्सफर
शुल्क / लेटरल प्रवेश शुल्कसँग भर्ना शुल्क तथा
परिक्षा शुल्क बाहेक प्रति वेमिलान पत्र रू ३००
भुक्तान गर्नु पर्नेछ ।
म्याच नभएको परिक्षामा सामेल हुनको लागि
उम्मेदवारले विश्व विद्यालयको वेभ साइटमा उपलब्ध
रहेको पृथक पुनःपरीक्षा / बाँकी परीक्षा फारम भर्नु
पर्छ ।
३. पंजीकरण तथा परीक्षाको लागि सम्पूर्ण पाठ्यक्रम,
माइग्रेशन प्रमाणपत्र आवश्यक हुने छैन । तथापि
लेटरल प्रवेश या क्रेडिट ट्रान्सफर सुविधाको लागि
विश्वविद्यालय/वोर्डको सक्षम अधिकारीद्वारा जारी
गरिएको माइग्रेशन प्रमाणपत्र तथा उम्मेदवार जुन
संस्थामा अध्ययन गरेको थियो त्यस संस्थाको मुख्य
व्यक्तिद्वारा जारी गरिएको प्रमाणपत्र मुख्य रूपले
आवश्यक हुन्छ । |